पोखरा, ३१ भदौ
गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जेन्जी आन्दोलनका क्रममा तोडफोड र आगजनी गरिएका सरकारी संरचनाको स्थलगत अवलोकन गरेका छन् ।
गण्डकी प्रदेशसभा भवन, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलगायत क्षतिग्रस्त भवनको अवलोकनका क्रममा उनले मर्मतसम्भार र पुनःनिर्माणको कामलाई अगाडि बढाइने बताए । मुख्यमन्त्री पाण्डेले सुरक्षा निकाय र सेवाग्राही बढी आउने कार्यालयबाट तत्काल नियमित सेवा प्रवाह हुने वातावरण निर्माण गरिने बताए ।
जेन्जी आन्दोलनका क्रममा यही भदौ २४ गते पोखराका अधिकांश सरकारी कार्यालयका भवनमा तोडफोड र आगजनी गरिएको थियो ।



तस्बिर : मुख्यमन्त्रीको सचिवालय