• २०८३ कार्तिक ३, सोमबार
  • 2026 October 19, Monday
  • Unicode Converter

बुबाआमाको स्मृतिमा मानवसेवा आश्रममा खाद्यान्न सहयोग

बागलुङ, २९ भदौ

बुबा टङ्कलाल र आमा ललितादेवीको स्मृतिमा छोराहरु जैमिनी नगरपालिका–१० राङखानी, पाही निवासी तिलोचन, कलाधर र प्रकाश पौडेलले मानवसेवा आश्रम बागलुङमा खाद्यान्न सहयोग गरेका छन् ।

सोह्र श्राद्धको तिथि पारेर आइतबार खाद्यान्न सहयोगसहित दिउँसोको खाजा सेवा प्रदान गरेका हुन् । दिवङ्गत टङ्कलालका नाति कृष्ण, नातिनी बुहारी तीर्थकुमारी र नातिनी उषा पौडेलले आश्रममा पुगी खाद्यान्न सामग्री हस्तान्तरण गरेका थिए ।

बुबाआमाको स्मृतिलाई चिर स्थायी बनाउन र सेवाभावबाट ओतप्रोत भएर परिवारकातर्फबाट आश्रमलाई सहयोग गरिएको छोरा प्रकाश पौडेलले बताए । आश्रमका संयोजक विपना तामाङले खाद्यान्न सहयोग गरेकामा पौडेल परिवाप्रति आभार व्यक्त गरिन् ।

उनले स्रोह श्राद्धका बेला आफ्ना पितृहरुको सम्झनामा आश्रममा भोजनलगायतका सेवा प्रदान गर्नेको संख्या बढेको बताइन् ।