पर्वत, १७ भदौ
रखबाट लडी गम्भीर घाइते भएका फलेवास नगरपालिका-१० कुर्घाका तिलबहादुर दर्जीको उपचारका लागि पर्वत समाज कतारले आर्थिक सहयोग गरेको छ ।
पोखरास्थित गण्डकी अस्पतालमा उपचारत दर्जीलाई रू. एक लाख दुई हजार तीन सय २१ प्रदान गरिएको समाजका अध्यक्ष सन्तोष क्षेत्रीले जानकारी दिए ।
गत साउन ८ गते दाउरा काट्ने क्रममा रुख बाट खसेका दर्जीको मेरुदण्डमा गम्भीर चोट लागेको थियो । स्थापना कालदेखि नै मानवीय सेवामा सक्रिय समाजले आर्थिक अवस्था कमजोर भएका दर्जीको उपचारमा थोरै भएपनि सहयोग पुगोस् भनेर आर्थिक सहयोग हो ।
अस्पतालमा उपचाररत दर्जीलाई अर्थाभाव भएपछि पर्वत समाज कतारका सह-सचिव सुधा परियार(अञ्जली) को संयोजकत्वमा आन्तरिक रुपमा आर्थिक सहयोग संकलन गरिएको थियो । ‘निस्वार्थ सेवामा हाम्रो पर्वत, राम्रो पर्वत´को नारासहित सन् २००३ मा पर्वत समाज कतार स्थापना भएको थियो ।