• २०८३ कार्तिक १, शनिबार
  • 2026 October 17, Saturday
  • Unicode Converter

पूर्वउपप्रधान तथा शिक्षामन्त्री श्रेष्ठ सम्मानित

पोखरा, १५ भदौ
हिमालयन सिद्ध महायोग ध्यान साधना केन्द्र, नारायणस्थानमा आयोजित हिमालयन सिद्ध महायोग ध्यानसाधना एवं चतुर्मास व्रत अनुष्ठान–२०८२ को पावन अवसरमा नेपाल सरकारका पूर्व उपप्रधान तथा शिक्षामन्त्री श्री गोपालमान श्रेष्ठलाई विशेष सम्मान गरिएको छ ।
लक्ष्मीनारायण मन्दिर परिसरको हिमालयन सिद्ध महायोग ध्यान साधना केन्द्रको भवनमा शनिबार सम्पन्न विशेष समारोहमा अनन्त श्री विभूषित श्रीमज्जगतगुरु श्री रामानन्दाचार्य स्वामी श्री रामकृष्णाचार्य महायोगी सिद्धबाबा सद्गुरुदेवको पावन सत्सङ्कल्पअनुसार श्रेष्ठलाई सम्मानपत्र, माला र दोसल्ला अर्पण गरी अभिनन्दन गरिएको थियो ।

कार्यक्रममा नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले स्वागत मन्तव्य व्यक्त गर्दै श्रेष्ठले नेपालको शिक्षा क्षेत्र सुधार, समाज सेवा, राजनीतिक स्थिरता र राष्ट्रिय चेतना अभिवृद्धिमा पुर्याठउनुभएको योगदानको उच्च प्रशंसा गरे। उनले श्रेष्ठको सरल जीवनशैली, जनताप्रति सेवाभाव र राष्ट्र निर्माणप्रतिको प्रतिबद्धता नयाँ पुस्ताका लागि प्रेरणादायी रहेको बताए ।

त्यस्तै, नेष्ट्रो नेपाल समृद्धि लघु वित्त वित्तीय संस्थाका संस्थापक अध्यक्ष विश्व प्रकाश प्रसाई ठकुरीले महायोग ध्यान साधनाले आत्मशुद्धि, आत्म–उन्नति र आध्यात्मिक जागरणमा महत्वपूर्ण भूमिका खेल्ने धारणा राखे । यस अवसरमा चतुर्मास व्रत अनुष्ठान र महायोग ध्यान साधनाले आध्यात्मिक, सामाजिक तथा सांस्कृतिक महत्त्वबारे समेत विस्तृत चर्चा गरिएको थियो। वक्ताहरूका अनुसार, यस्तो साधनाले समाजमा सकारात्मक ऊर्जा, धार्मिक–सांस्कृतिक चेतना र सामाजिक ऐक्यबद्धता अभिवृद्धि गर्ने विश्वास गरिएको छ ।

समारोहमा स्थानीय समाजसेवी, विभिन्न धार्मिक तथा सामाजिक संघसंस्थाका प्रतिनिधि, प्रतिष्ठित व्यक्तित्व, श्रद्धालु भक्तजन र साधकहरूको उल्लेख्य उपस्थिति थियो। सहभागीहरूले यस प्रकारका आध्यात्मिक अनुष्ठानहरूले धार्मिक सहिष्णुता र मानव कल्याणमा महत्वपूर्ण योगदान पुर्याहउने धारणा व्यक्त गरे ।

वैदिक परम्परा अनुसार, दैनिक रूपमा नवग्रह पूजन, रुद्राभिषेक र हवन सञ्चालन भइरहेको छ। असार २७ गतेबाट प्रारम्भ भएको चालू चतुर्मास व्रत अनुष्ठानआगामी कार्तिक १५ गतेसम्म जारी रहनेछ । यस अवधिमा सोह्र श्राद्धको पावन अवसरमा पितृ यज्ञ, नवरात्रिमा दुर्गा सहस्रचण्डी यज्ञ र दिपावलीमा श्रीलक्ष्मी यज्ञ सम्पन्न गरिने कार्यक्रम रहेको छ । उक्त कार्यक्रमको संयोजन हिमालयन सिद्ध महायोग ध्यान साधना केन्द्रका साधक रेशम खड्काले गरेका थिए ।