उच्च अदालत बार एसोसियसन बागलुङको अध्यक्षमा अधिवक्ता गीता श्रीस काउचा थापा निर्वाचित भएकी छिन् । उनी बागलुङ बारको इतिहासमा पहिलो महिला अध्यक्ष हुन् । बारको ३३औँ अधिवेशनबाट श्रीसको नेतृत्वमा सर्वसम्मत समिति चयन भएको हो । अध्यक्षका अर्का उम्मेदवार हरिकृष्ण सुवेदीले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि श्रीस सर्वसम्मत निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । बारको उपाध्यक्षमा लक्ष्मी बास्कोटा, सचिवमा उमाशङ्कर सापकोटा र कोषाध्यक्षमा रामराजा कँडेल चयन भएका छन । सदस्यहरुमा नरेन्द्रप्रतापसिँह बुढाथोकी, तेजेन्द्र थापा, प्रकाश बराल र लक्ष्मीदेवी जिसी चयजन हुँदा मानव अधिकार समितिको सदस्यमा गोविन्दप्रसाद ओझा चयन भएको निर्वाचन समितिका संयोजक काजी गाउँले श्रेष्ठले जानकारी दिनुभयो । बारको केन्द्रीय पार्सदमा बद्रीप्रसाद शर्मा, हरि गौतम, गोविन्द गौतम र अखिलनाथ शर्मा चयन भएका छन् । रिक्त तीन सदस्य र महिला समिति संयोजक पछि चयन हुने बारले जनाएको छ ।