• २०८३ आश्विन २२, बिहीबार
  • 2026 October 08, Thursday
  • Unicode Converter

जेन्जीले गर्यो बागलुङ बन्दको घोषणा, विद्यालय पनि नखुल्ने

बागलुङ, २४ भदौ

भ्रष्टचारविरूद्धको आन्दोलनमा सरकारले गरेको बर्बर दमन गरेपछि जेन्जी पुस्ताले मंगलबार बागलुङ बन्दको आव्हान गरेका छन् । बन्दका कारण बिहानैदेखि जनजीवन प्रभावित भएको छ । यसअघि सोमबार साँझ लोकतान्त्रिकचोकमा विरोध प्रदर्शन गरेका जेन्जीले बन्दको घोषणा गरेका थिए ।

भ्रष्टचार, असमानता र सामाजिक सञ्जाल बन्दको विरोधमा जेन्जीले गरेको देशव्यापी आन्दोलनमा प्रहरीको गोली लागेर १९ जना युवाको ज्यान गएको छ । सयौँ घाइते भएका छन् ।

यसैबीच देशभरीका संस्थागत विद्यालय बन्द गर्ने केन्द्रीय निर्णय अनुसार बागलुङका सस्थागत विद्यालय पनि बन्द गरिने भएको छ । आन्दोलनमा विद्यार्थीहरु मारिएको भन्दै शोक र विरोध स्वरुप विद्यालय बन्द गरिएको प्याव्सन बागलुङका अध्यक्ष दल थापाले बताए ।

“केन्द्रले दुई दिन विद्यालय बन्दको सर्कुलर पठाएको छ”, ऐन प्याब्सन नगर सचिव निसान खड्काले भने, “हामाले प्याब्सन, एनप्याब्सन र हिसानबीच छलफल गरेर जिल्लास्थित सबै सस्थागत विद्यालयहरू बन्द गर्ने निर्णय गरेका छौं ।”